15.6 C
Nepal
Saturday, October 26, 2024

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि अध्यादेश पेस गर्ने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनुअघि सरकारले बजेट अध्यादेश संसदमा टेवल गर्ने भएको छ ।

आज बस्ने तेस्रो अधिवेशनको पहिलो बैठकको कार्यसूचीमा प्रदेश प्रमुखबाट प्राप्त पत्र बाचन गरेपछि अध्यादेश टेवल गर्ने उल्लेख छ ।

अध्यादेश टेवल भएपछि मात्रै मुख्यमन्त्रीको विश्वासको मत माग्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारको अर्थसम्बन्धि प्रस्तावलाई कार्यन्वयन गर्न बनेको अध्यादेश २०८० र आर्थिक वर्ष २०८०-८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०८० पेश हुने कार्यसूची छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here