20 C
Nepal
Monday, September 29, 2025

एनआईसी एसिया लघुवित्तमा जागिर खुल्यो, १५५ जना कर्मचारी माग

spot_imgspot_imgspot_img

एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले नयाँ कर्मचारी माग गरेको छ। यसले उम्मेदवारबाट दरखास्त माग गरेको हो ।

संस्थाले खुला प्रतिस्पर्धाबाट प्रशिक्षार्थी सहायकदेखि सहायक प्रबन्धकसम्म १५५ जना कर्मचारी भर्ना लागेको हो।

संस्थाले सबैभन्दा धेरै प्रशिक्षार्थी सहायकमा १०० जना कर्मचारी भर्ना गर्न लागेको छ। यो पदका लागि कम्तीमा प्रवीणता प्रमाणपत्र वा प्लस टु उत्तीर्ण गरेको हुनुपर्नेछ।

यसैगरी सुपरभाइजर, वरिष्ठ सहायक र सहायक पदमा ३० जना, वरिष्ठ अधिकृत तथा अधिकृतमा १८ जना, सहायक प्रबन्धकमा ७ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।

सुपरभाइरज, वरिष्ठ सहायक, सहायक र प्रशिक्षार्थी सहायकको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र अधिकृत तथा सहायक प्रबन्धकको हकमा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।

इच्छुक उम्मेदवारले १५ दिनभित्र दरखास्त पेस गर्नुपर्नेछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here