15.2 C
Nepal
Saturday, November 8, 2025

राजश्व उठाउने काममा गम्भिर भएर लक्ष पुरा गर्न लाग्न अर्थमन्त्रीको निर्देशन

spot_imgspot_imgspot_img

अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन्।

विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको सोमबार बिहान निरीक्षण गर्दै अर्थमन्त्री महतले कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन्। सेवाग्राहीमाझ सहज रुपमा प्रस्तुत हुन र व्यक्तिगत फाइदा नहेर्न आग्रह गर्दै उनले भने, ‘कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ, त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नु होला।’

‘अहिले बजेटले करका दायरा फराकिलो बनाएको छ, यसमा तपाइँहरुले सेवाग्राहीलाई राम्रोसँग बुझाउनुपर्छ, मूल्य अभिवृद्धि कर राजश्वको महत्वपूर्ण पक्ष हो’, अर्थमन्त्री महतले भने।

तरकारी फलफूल भारत तथा अन्य देशबाट आयात गर्दा मात्र कर लाग्ने महतले स्पष्ट पारे। ‘आमउपभोक्ताका लागि मूल्य अभिवृद्धि करको बारेमा बुझाउन जरुरी छ’, उनले भने।

आफू राम्रो काम गर्न आएको पनि अर्थमन्त्री महतको भनाइ थियो। ‘तपाइँहरुले पनि राम्रो काम गरिरहनुभएको छ र अझै राम्रो काम गर्नु होला’, उनले भने, ‘आमनागरिकलाई दुःख दिने काम नगर्नु होला।’

उच्च मनोबलकासाथ काम गर्न आग्रह गर्दै मन्त्री डा. महतले भने, ‘कर्तव्यनिष्ठ भएर काम गर्नु होला। आगामी आर्थिक वर्षको राजश्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्य निष्ठ भएर काम गर्नुपर्छ।’

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here