13.7 C
Nepal
Wednesday, March 12, 2025

साङ्गे विद्युत कम्पनीले १ः८ अनुपातमा हकप्रद जारी गर्ने, प्रतिकित्ता रु. ५०

साङ्गे विद्युत कम्पनीले चुक्तापुँजीको १ः८ अनुपातमा हकप्रद बिक्री गर्ने निर्णय गरेको छ ।

कम्पनीले आज एक सूचना प्रकाशित गरी चुक्तापुँजीको १ः८ अनुपातमा हकप्रद बिक्री खुला गरिएको जानकारी गराएको छ । यसको अर्थ १ कित्ता सेयरबराबर नयाँ ८ कित्ता बिक्री खुला हुनेछ ।

कम्पनी सञ्चालक समितिको गत जेठ २६ गते बसेको बैठकले ५० रुपैयाँ अंकित दरका कुल २३ लाख ६८ हजार १२२ कित्ता सेयर बिक्री गर्ने निर्णय गरेको थियो। सोहीअनुसार कम्पनीको विद्यमान सेयरधनीहरुले यही असार १९ गतेदेखि भदौ २२ गतेसम्म रकम जम्मा गरी सोको बैंक भौचर दरखास्त फारामका साथ संलग्न गरी कम्पनीको बुझाउन आग्रह गरिएको छ।

हाल कम्पनीको प्रतिकित्ता सेयरको दर ५० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ। सेयरधनीहरुले आफ्नो सेयर संख्यालाई २ ले गुणा गरी हकप्रद सेयर भर्न कम्पनीले अनुरोध गरेको छ।

सेयरधनीहरुले आफ्नो हक वा सोभन्दा बढी सेयर खरिद गर्न आवेदन दिन पाउनेछन्।

दरखास्त फाराम कम्पनीको काठमाण्डौ त्रिपुरेश्वरस्थित ब्लुस्टार कम्प्लेक्समा रहेको कार्यालयबाट प्राप्त गर्न र बुझाउन सकिने कम्पनीले जनाएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here