14.8 C
Nepal
Thursday, October 24, 2024

एकाएक घोराही सिमेन्टले थप्यो आईपीओमा आवेदन दिने म्याद, के फर्जी आबेदनको सहयोग लिएर ओभरसब्स्क्राइभ देखाइएको थियो !

जेठ ३२ देखि खुलेको घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको आईपीओमा सर्वसाधारणले आवेदन दिन आज असार ४ गते अन्तिम दिन कम्पनीले एकाएक आइपीओमा आवेदन दिने समय थप गरेको छ। प्रिमियम भाउमा खुला भएको आइपीओमा माग भन्दा बढी आवेदन परिसकेको देखिन्छ तर पनि कम्पनीले आइपीओ भर्ने समय थपेको हो ।
यसले कतै पहिला परेको आबेदन कम्पनी आँफैले मिलाएर पैसा नभएको खाताबाट भरेको त थिएन भन्ने प्रश्न उठेको छ ।

कम्पनीका अनुसार प्राप्त आवेदनहरु प्रमाणित गर्ने कार्य भइरहेकाले आवेदन दिने अवधि थपिएको हो। अब असार १४ गतेसम्म आवेदन दिन सकिने र यसअवधिमा सबै आवेदन प्रमाणित गर्दा माग अनुसार आवेदन प्राप्त भएमा भने असार १४ गते अगाडी नै पनि आवेदन बन्द गर्न सकिने कम्पनीको भनाई छ।

माग भन्दा बढी आबेदन परेको भनिपनी समय थपिए पछी सन्का उब्जाएको छ । पचास पैसा प्रतिसेयर आम्दानिको कम्पनिले प्रिमियममा आइपीओ निकालेर सोझा लगानिकर्ता फसाउने नियत राखेको भनेर आइपिओ बहिस्कार अभियान चलिरहदा फर्जी आबेदन बढी राखेर ओभर सब्स्क्राइभ देखाइएको हुन सक्ने देखिन्छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here