14.8 C
Nepal
Thursday, October 24, 2024

भोलिदेखि काठमाडौं महानगरका हलमा भारतीय फिल्म प्रदर्शन नहुने- बालेनले महानगर प्रहरी परिचालन गर्ने

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सोमबारदेखि महानगरभित्रका फिल्म हलमा भारतीय चलचित्र नलाग्ने भएका छन । बालेनले आदिपुरुस फिल्मको बिबादित डाइलग हटाउन दिएको ३ दिनको समय आज सकिदा सम्म पनि त्यो डाइलग सबैतिरबाट नहटेपछी उनले प्रदर्शन गर्न नदिने बताएका छन् ।

आदिपुरुष नामक हिन्दी चलचित्रमा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद नहटाएपछी बालेन आक्रामक बनेका हुन ।

उनले आइतबार अपरान्ह फेसबुकमा लेखेका छन्, ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकाले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको छ ।’

बालेनको सचिवालयका अनुसार नगर प्रहरीमार्फत हल सञ्चालकहरुलाई भारतीय फिल्मको प्रदर्शन रोक्न निर्देशन दिइसकिएको छ । मेयर शाहको निर्देशनपछि नगर प्रहरीले आइतबार बेलुकासम्म सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिएको छ । काठमाडौं महानगरका ३२ वडाभित्र १७ वटा फिल्म हल छन् ।

बालेनले उक्त फिल्मबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको बताएका छन् । आइतबार बेलुकासम्म फिल्म निर्माताले भारतमा उक्त संवादलाई सच्याएका छैनन् । बरु उल्टै फिल्मका गीतकार तथा लेखक मनोज मुन्तशीरले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।

मेयर शाहले शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पनि पत्र पठाउँदै आदिपुरुषमा रहेको उक्त संवाद नसच्चाए नेपालभर भारतीय फिल्मको प्रदर्शन रोक्न आग्रह गरेका थिए ।

चलचित्र संघका पूर्वअध्यक्ष समेत रहेका प्रदीपकुमार उदयले बुटवलस्थित आफ्नो हल द्वारिकाउदय सिनेमाजबाट चल्दाचल्दैको फिल्म ‘आदिपुरुष’ उतारेका छन् ।
भोलिबाट काठमाडौंभित्र हिन्दी चलचित्र चल्ने छैन र चलेको ठाउमा महानगर प्रहरीले हल बन्द गरिदिने छन ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here