19.9 C
Nepal
Monday, September 29, 2025

ओली भेटेपछि वामदेवले भने मेरो मन एमालेमै छ, अब एमालेको ६० लाख भोट कटाउन पर्छ

spot_imgspot_imgspot_img

आज एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न वामदेव गौतम पार्टी कार्यालय गएका थिए । उनले एक घन्टा लामो भेट गरेका छन् । आफू पहिल्यै एमालेमा सक्रिय रहन इच्छुक भएको र मन पनि एमालेमै भएपनी समूहको व्यवस्थापन नटुंगिएकाले ढिलाइ भएको उनले बताए ।

ओलिसङ्ग भेटपछी उनले भने ‘अहिले चुनौतीको बेला छ, आगामी चुनावमा ६० लाख भोट कटाउनेगरी काम गर्नुपर्छ । म पार्टीमा सलाम गर्न, सलाम खाएर बस्न आउने होइन, खटेर काम गर्न आउने हो ।’

ओलीले गौतमलाई पार्टीमा सक्रिय भएर लाग्न आग्रह गरेका छन् । उनको जिम्मेवारी के हुने भन्ने प्रष्ट खुलेको छैन । ओलीले नेताहरुसँग सल्लाह गरेर बताउने भनेको गौतमले बताए ।

एमालेमा ७० वर्षे उमेरहद फुकाउने निर्णय वामदेवकै व्यवस्थानका लागि भनेर पार्टी नेताहरुले भनिसकेका छन् । एमाले कार्यालय स्रोतका अनुसार गौतम ओलीसँग भेटेपछि उत्साहित छन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here