14.8 C
Nepal
Thursday, October 24, 2024

बढ्यो सेयर बजार तर के दोश्रो रेसिस्टेन्सबाट फर्किन खोजेको हो ? प्राबिधिक बिस्लेषण

आज (बुधबार) नेप्से परिसूचकमा दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से १६.४२ अंकले बढ्दा नेप्से इन्डेक्स २०३७.०६ विन्दुमा पुगेको हो ।

नेप्से बढेसँगै आज कारोबार रकम अत्याधिक सुधार देखिएको छ । आज ५ अर्ब १ करोड ७८ लाख ७ हजार माथिको कारोबार भएको हो ।

आज बियर र बुलको फाइटमा बुलको जित भएको छ ।

आज १२६ कम्पनिको मुल्य बढेको छ भने ९१ कम्पनिको मुल्य घटेको छ ।

प्राबिधिक बिस्लेशण
नेप्सेले बोल्लिङर ब्यान्डको माथिल्लो रेखामा रहेको छ । आज नेप्सेले हल्का रेसिस्टेन्स लिन खोजेजसरी थोरै सेलिङ प्रेसर आएको देखिन्छ। सामान्यतया बजार माथिल्लो रेखालाई रेसिस्टेन्स बनाएमा कम्तिमा मध्य रेखासम्म तल झर्ने र मध्य रेखालाई सपोर्ट बनाउन खोज्छ ।तर भोलिको क्यान्डल नहेरी केही भन्न सकिन्न ।

एमएसिडिले बाइ सिग्नल कायम छ । हिस्टोग्रामहरु लामो लामो हुँदै गैइरहेको छ जसले बजार अल्पकालिन बुल नै रहेको सन्केत गर्छ ।

आरएसआइ ७० को बिन्दुमा रहेको छ ,यसले बजार ओभरबउट जोन नजिकै रहेको देखिन्छ। आरएसआइमा ३० को बिन्दुलाई ओभरसोल्ड र ७० को बिन्दुलाई ओभरबाइको रुपमा लिइन्छ ।

पिभोट पोइन्ट
बजार झरेमा अब पहिलो सपोर्ट १९७७ दोश्रो सपोर्ट १९८२ मा रहेको देखिन्छ । पिभोट पोइन्ट १८७७ छ । बजार पहिलो प्रतिरोध १९४९ र दोश्रो प्रतिरोध २०४९ मा रहेको देखिन्छ ।बजार दोश्रो रेसिस्टेन्स बाट फर्किन खोजेको जस्तो आजको बजार प्रक्रिती देखिन्छ ।

नोट : यो लगानिको लागि बाइ सेल रिकोमेन्डेसन होइन ।सेयर बजार जोखिमको क्षेत्र हो त्यसैले लगानी गर्नुअघी आँफैले अध्ययन गर्नु होला ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here