नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमालले दुई महिनाभित्रै नयाँ लाइसेन्स वितरण गरेर ब्रोकरको संख्या ९३ पुर्याइने बताएका छन्। आज (बिहीबार) सेबोनको ३१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, ‘एलओआई पाएका सबै कम्पनीलाई दुई महिनाभित्र लाइसेन्स वितरण गरेर ब्रोकरको संख्या ९३ पुर्याउँछौँं ।’ बोर्डका सबै कामलाई विद्युतीय तथा स्वचालित बनाउने योजना रहेको उनले बताए।
‘हाम्रा सबै काम अब ‘पेपरलेस’ बनाउँदै लग्ने छौँ’, उनले भने। साथै, लगानीकर्ताको क्षमता र चेतना बढाउन ‘क्यापिटल मार्केट इन्चिच्युट’ पनि बनाउने योजना बोर्डको रहेको उनले बताए