18.9 C
Nepal
Tuesday, September 17, 2024

टेकु अस्पताललाई ३०० शय्यामा विस्तार गरिने, ४६ करोड विनियोजन

सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग (टेकु) अस्पताल लाई तीन सय शय्यामा विस्तार गर्ने घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले टेकु अस्पतालाई तीन सय शय्यामा विस्तार गर्ने जनाएका हुन् ।

यद्यपि, टेकु अस्पताल विस्तारको कार्यक्रम पुरानै हो ।

त्यसैगरी, पोखरा, सुर्खेत, भरतपुर र डोटी निर्माण भइरहेको प्रादेशिक सरुवा रोग अस्पताल आगमी बर्ष सम्पन्न भई सञ्चालनमा ल्याउने मन्त्री महतले जानकारी दिए ।

सरुवा रोग अस्पतालको लागि ४६ करोड विनियोजन भएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here