20.6 C
Nepal
Thursday, September 19, 2024

ओलीको टिप्पणी : रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

नीति तथा कार्यक्रममा सरकारले देश असामान्य अवस्थामा रहेको यथार्थलाई लुकाएर अर्कै कुरा देखाउन खोजेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
निती तथा कार्यक्रममा छलफलमा भाग लिँदै ओलीले भने, ‘लुकाउन मात्र होइन, रोम जलिरहेछ निरो बाँसुरी बजाइरहेछ ।’

देशको अर्थतन्त्रको अवस्थाबारे समेत सरकारले नीति तथा कार्यक्रममा उल्लेख भएको छैन उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको मुटु प्रत्यारोपण गर्नतिर लागेका छन । आफुले विशाल हृदयका साथ नीति तथा कार्यक्रमको दस्तावेज सुनेको साथै पढेको उनले बताए ।

‘नीति तथा कार्यक्रमको आधारस्तम्भ पहिल्याउने कोसिस गरें । कुन गन्तव्यका लागि यो नीति तथा कार्यक्रम आएको छ ? त्यो मैले पहिल्याउने कोसिस गरें । कार्यान्वयनको मोडालिटी र ढाँचा कसरी तय भएको रहेछ अध्ययन गर्ने कोसिस गरें । निर्वाचनको क्रममा जनतासँग मत माग्दा खासगरी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित गठबन्धनका दलहरुको घोषणापत्र र यस नीति तथा कार्यक्रमको लेखाजोखा पनि गरें,’ उनले भने ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here