25.5 C
Nepal
Monday, September 29, 2025

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सकियो , प्रहरिले प्रतिबेदन आज बुझाउने

spot_imgspot_imgspot_img

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान सकेको छ । आज प्रहरिले सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाउदैछ छ।

यस प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूमध्ये गृह मन्त्रालयअन्तर्गत हज समितिका अध्यक्ष शमशेर मियाँ र भुटानी शरणार्थी नेता टेकनाथ रिजालको बयान शनिबार सकाएको छ।

गत वर्ष जेठ १८ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा दुई जना पीडितले जाहेरी दिएका थिए। तर त्यतिबेला अनुसन्धान सुरू गरिएको थिएन। पछिल्लो पटक अनुसन्धान गरी पहिलो पटक केशव दुलाल, सानु भण्डारी र टंक गुरूङ गत चैत १२ गते पक्राउ परेका थिए। यस प्रकरणमा प्रहरीमा १०६ जना पीडितले जाहेरी दिएका छन्।

त्यसपछि विभिन्न समयमा गरी १६ जनालाई पक्राउ गरिसकेको छ। यस प्रकरणमा उच्च राजनीतिक व्यक्ति एवं उच्च कर्मचारी तहका व्यक्तिसम्म पक्राउ परेका छन्।

नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाण उनका सहयोगी नरेन्द्र केसी, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे र नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा पक्राउ परेका छन्।

यस्तै बिचौलिया बनेका सागर राई, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हज समितिका अध्यक्ष शमशेर मियाँ र शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ। यसप्रकरणमा इन्द्रजित राईका छोरा निरज, बादलका छोरा प्रतिकसहित केही अझै फरार छन्।

फरार रहेका केही व्यक्तिहरूविरूद्ध पुर्जी जारी गरिएको छ। तर प्रहरीले कम्तीमा १२ जनालाई फरार प्रतिवादी बनाएर प्रतिवेदन बुझाउन लागेको हो।
गिरोहले पीडितबाट करोडौं रकम असुल गरेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here