23.1 C
Nepal
Wednesday, October 23, 2024

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र इन्द्रजित योजनाकार रहेको प्रहरीको निष्कर्ष

नेपाल प्रहरिको अनुसन्धानले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असुली गरेको प्रकरणमा त्यतिबेलाका उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझी र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई मुख्य योजनाकार भएर राईसँग मिलेर शरणार्थी बनाउने नाममा असुली गर्ने चलखेलको योजना बनाएको निश्कर्ष निकालेको छ ।

सरकारले ३० जेठ २०७६ मा कार्यदल गठन गर्नु देखी नै रकम उठाउन सुरु भएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।
सरकारअले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरु पहिल्याउन भन्दै कार्यदल गठन गरेको थियो ।अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधान गरिदिन माग गर्दै भुटानी शरणार्थीका नेता टेकनाथ रिजालले पटक–पटक मन्त्रालयमा निवेदन दिँदै आएका थिए ।

आफ्नै मान्छे गृहमन्त्रालयमा भएकोले काम गर्न सकिने भन्दै काम गरिरहेका थिए । संकलन गरेको साढे ५ करोड रुपैयाँ पटक–पटक गरेर राईलाई बुझाएको भण्डारीको बयान छ । केपी ओलिले दोश्रो पटक सम्सद बिगठन गरेपछी पैसा बुझाउनेहरु आफ्नो काम हुँदैन कि भनी समेत उनिहरु छलफलमा बसेका थिए ।


पछी २९ असार २०७८ मा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । गृह मन्त्रालयको नेतृत्वमा कांग्रेस नेता बालकृष्ण खाँण बने । त्यसपछि पहिले अधुरो रहेको काम पूरा गराउन गिरोहका सदस्य केशव दुलाल सक्रिय बनेको देखिएको प्रहरी अधिकृतहरु बताउँछन् । त्यसबेला खाणको पालामा प्रतिबेदन सच्चाएर नक्कली शरणार्थीको नाम थपेर अमेरिका पठाउने प्रयास गरिएको थियो । तर कर्मचारीले नमानेपछी किर्ते गरिएको थियो ।

प्रहरीका अनुसार आरोपीहरुलाई ठगी, संगठित अपराध, कीर्ते, राष्ट्रहित प्रतिकूल हुने काम गरेको कसूरलगायतमा मुद्दा चलाउन सिफारिस गर्ने तयारी छ  ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here