23.1 C
Nepal
Wednesday, October 23, 2024

नेप्से आज पनि हरियाली , बजार माथि जाने सङ्केत

नेप्सेमा आज हरियाली छाएको छ ।आज नेप्से ३१ अङकले बढेको हो । आज नेप्से १.७१ प्रतिसतले बढेर १८७६ को विन्दुमा कायम भएको छ ।

हिजो नेप्से २३ अङकले बढेको थियो । नेप्से १.२९६ प्रतिसतले बढेर १८४५ को विन्दुमा कायम भएको थियो ।
आज बियर र बुलको फाइटमा बुलको जित भएको छ ।

प्राबिधिक बिस्लेशण
नेप्सेले बोल्लिङर ब्यान्डको तल्लो रेखालाई सपोर्ट बनाएर फर्किएको बजार आज मध्यरेखाभन्दा माथि बन्द भएको छ जसको अर्थ बजार बोल्लिङर ब्यान्डको माथिल्लो बिन्दु सम्म जाने देखिन्छ ।

एमएसिडिले बाइ सिग्नल दिएको छ । हिस्टोग्रामहरु लामो हुँदै गैरहेको छ जसले बजारमा इन्ट्री लिनुपर्ने सन्केत गर्छ ।

आरएसआइ ५२ को बिन्दुमा रहेको छ ,यसले बजार ओभरसोल्ड जोन नजिकैबाट फर्किएको देखिन्छ। यसले बजारमा प्रबेशको बेला भएको सङ्केत गर्दछ तर ट्रेडरहरु भने ६० भन्दा माथि भएसी मात्र बजार छिर्ने प्रचलन पनी देखिन्छ । आरएसआइमा ३० को बिन्दुलाई ओभरसोल्ड र ७० को बिन्दुलाई ओभरबाइको रुपमा लिइन्छ ।

पिभोट पोइन्ट
बजार झरेमा अब पहिलो सपोर्ट १८०८ दोश्रो सपोर्ट १७४६ मा रहेको देखिन्छ । पिभोट पोइन्ट १८९७ छ । बजार बढेमा पहिलो प्रतिरोध १९५९ र दोश्रो प्रतिरोध २०४३ मा रहेको देखिन्छ ।
बजार यहाँबाट माथितिरै जानखोज्ने देखिन्छ तर लगानी गर्नु अघी सुक्ष्म अध्ययन गर्नु उचित देखिन्छ ।

नोट : यो लगानिको लागि बाइ सेल रिकोमेन्डेसन होइन ।सेयर बजार जोखिमको क्षेत्र हो त्यसैले लगानी गर्नुअघी आँफैले अध्ययन गर्नु होला ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here