23.1 C
Nepal
Wednesday, October 23, 2024

राष्ट्र उत्थान लघुवित्तको ३२.९६%ले घट्यो नाफा

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिसम्म संस्थाले ३ करोड ७२ लाख रुपैयाँ बढी खु्द नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३२.९६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

संस्थाको खराब कर्जा अनुपात बढेर ४.९६ प्रतिशत पुगेको छ ।

खराब कर्जा बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज बढेर १ करोड ७१ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म यस्तो चार्ज ३३ लाख ४४ हजार रुपैयाँले ऋणात्मक थियो।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा ३२.९६ प्रतिशतले घटेर ५ करोड ३१ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ७ करोड ९३ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी २.७८ प्रतिशतले घटेर १५ करोड ९५ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी १६ करोड ४१ लाख रुपैयाँमा सीमित थियो।

चुक्तापुँजी २५ करोड ९९ लाख रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमाससम्म २ अर्ब ३२ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ४९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा संस्थाले २ अर्ब १३ करोड रुपैयाँ सापटी लिई ३ अर्ब १९ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

यो अवधिमा संस्थाको रिजर्भको आकार ४५.०७ प्रतिशतले घटेको छ । गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा १७ करोड ३५ लाख रुपैयाँ रहेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १९.१० रुपैयाँ , पीई रेसियो ३४.७७ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १८०.१४ रुपैयाँ रहेको छ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here