23.1 C
Nepal
Wednesday, October 23, 2024

सरकारसँग एमालेले माग्यो नक्कली भुटानी शरणार्थीबारे प्रगति विवरण

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारसँग नक्कली भुटानी शरणार्थीको प्रकरणबारे अनुसन्धान कहाँ पुग्यो भनी प्रगति विवरण माग गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा सोमबार आकस्मिक समय लिएर एमाले सांसद ठाकुरप्रसाद गैरेले भ्रष्टाचार सम्बन्धी खोलिएको फाइलबारे भएको कामको सदनलाई जानकारी माग गरेको छ ।

‘नक्कली भुटानी शरणार्थीको प्रकरणमा के कति प्रगति भएको छ भनेर भन्न सरकारलाई के अप्ठ्यारो परेको छ ?’ उनले भने । सरकारलाई नक्कली भुटानी शरणार्थी प्रकरणबारेको अनुसन्धानका सम्बन्धमा जानकारी गराउन सरकारलाई रुलिङ गर्न सांसद गैरेले सभामुख देवराज घिमिरेलाई पनि आग्रह गरेका छन ।

भ्रष्टाचारविरुद्ध देश आन्दोलित भएको छ ,अन्तर्राष्ट्रिय समुदायले समेत नजिकैबाट निलालिरहेको भन्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनेमा आशंका रहेको पनि बताएका छन ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here