भोलि जेठ १ गतेदेखि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयन ल्याउने भएको छ।
प्राधिकरणले एक सुचना जारी गरी यो जानकारी गराएको हो । भन्सार विभागको गत वैशाख २९ गतेको प्रकाशित सूचना ‘यात्रुले आफ्नो साथमा महसुल सुविधामा ल्याउन पाउने मोबाइल फोनसम्बन्धी’अनुसार नेपालमा प्रयोग हुने मोबाइल सेटलाई अनिवार्य दर्ता गरी व्यवस्थित गर्न भोलि जेठ १ सोमबारबाट एमडीएमएस प्रणाली लागू गरिने जानकारी गइएको छ। हाल विदेशबाट आउँदा एक यात्रीले २ वटा मोबाइलसम्म ल्याउन पाइने व्यवस्था छ।
एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो।
खरिद गरिएको नयाँ मोबाइल फोन दर्ता भए नभएको यकिन गर्न mdms.nta.gov.np मा हेर्न सकिनेछ।