12.8 C
Nepal
Monday, February 10, 2025

नेपाल रिपब्लिक मिडियाको आईपीओ विदेशमा रहेका नेपाली श्रमिकका लागि बिक्री खुला

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि नेपाल रिपब्लिक मिडिया लिमिटेडले आज वैशाख ३१ गतेबाट आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशतले हुन आउने ४३ करोड ५३ लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति पाएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ५३ हजार कित्ता आईपीओ बिक्री गर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कुल कित्ताको १० प्रतिशतले हुन आउने ४ लाख ३५ हजार ३०० कित्ता सेयर बिक्री खुला गरेको छ ।
यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन सक्नेछन् भने यसको हदम्याद वैदेशिक रोजगारीमा रहेका नेपालीलको लागि जेठ १४ गतेसम्म रहनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेपश्चात बाँकी रहेको कुल कित्ताको ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ३५ लाख २५ हजार ९३० कित्तामा सर्वसाधारणले जेठ २६ गतेबाट आवेदन दिन पाउनेछन्।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here