19.9 C
Nepal
Sunday, September 28, 2025

संसद बैठकमा शशांक कोइरालाले भने भ्रष्टाचार गर्नुपर्ने तर अलि कम भ्रष्टाचार गरौं….

spot_imgspot_imgspot_img

आज प्रतिनिधि सभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल जारी छ। आज सदनमा बोल्ने अधिकांश सांसदले भ्रष्टाचार र सुशासनका विषयमा धारणा राख्न छुटाएका छैनन्।

नेपाली कांग्रेसका सांसद शशांक कोइराला भने भ्रष्टाचारबारे धारणा राख्ने क्रममा अनौठो धारणा राखेका छन ।

उनले भ्रष्टाचारीप्रति तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाकाे गर्ने व्यवहार स्मरण गरे।

उनले विश्वेश्वरप्रसाद प्रधानमन्त्री हुँदा उनका भाइले तीन सय पर्ने नयाँ जुत्ता लगाएको निहुँमा उनलाई पदबाट बर्खास्त गरेको सुनाए।

भ्रष्टाचारबारे समसामयिक अवस्था र निर्मुल पार्ने उपाय सदनमा सुनाउने क्रममा उनले भ्रष्टाचार गर्नुपर्ने तर कम गर्नुपर्ने आशयको अभिव्यक्ति दिए।

‘करप्सन भनेको हामीले गर्छौँ, अरूलाई दोष किन दिने । हामीबाट करप्सन कम गरौं। कम गरौं, निर्मुल गर्न सकिँदैन,’ कोइरालाले भने।
कोइरालाको कुरामा सांसदहरू हाँसेका थिए।

उनले अगाडि भनि,‘अब यसलाई निर्मुल गर्न त मलाई लाग्छ..प्रयास गर्‍यो भने निर्मुल हुन्छ। कतिपय मुलुकहरूमा त्यो भएको पनि छ। हामीले प्रयत्न नै गरेनौं भने कसरी हुन्छ।’

शशांकले यति भन्दासम्म सदनमा चर्को हाँसो गुञ्जिएको थियो।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here