19.9 C
Nepal
Sunday, September 28, 2025

कार्ड प्रयोगकर्तालाई विशेष सुविधा प्रदान गर्न नबिल बैंक र कतार एयरवेबिच सम्झौता

spot_imgspot_imgspot_img

नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड  प्रयोगकर्तालाई विशेष सुविधाप्रदान गर्न सम्झौता गरेको छ। जसअन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरुमा लागू हुनेछ र हवाई टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन्। यो छुट मिति असार १७ गतेदेखि लागू हुनेछ।

आज आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एल इमामका तर्फबाट सेल्स म्यानेजर सारिक बोगटीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

यस साझेदरीअन्तर्गत बिजनेस र इकोनोमी क्लास हवाई टिकटमा उक्त १० प्रतिशत छुट लागू हुनेछ र यसका लागि बैंकका कार्ड प्रयोगकर्ताले कतार एयरवेजका प्रतिनिधिहरुलाई आफ्नो नबिल बैंकको कार्ड पेस गर्नुपर्ने हुन्छ।

कतार एयरवेज अन्तर्राष्ट्रिय हवाई यातायात मूल्यांकन संस्था Skytrax द्वारा 5-Star Covid-19 Airline Safety Rating हासिल गरेको एक विश्वव्यापी अन्तर्राष्ट्रिय हावाई सेवा हो। ‘अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को प्रभावलाई ध्यानमा राख्दै यो सहकार्यले हाम्रा ग्राहकका लागि यो साझेदारी लाभदायक हुनेछ’, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने। 

सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १५० शाखा, १८७  एटीएम र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रुपमा काम गर्दै आएको छ। 

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here