19 C
Nepal
Thursday, March 19, 2026

सर्वसाधारणलाई सानिमा जिआइसीको संस्थापक सेयर बिक्रीमा

spot_imgspot_imgspot_img

सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहअन्तर्गतको सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक सेयरधनी अस्विन कार्कीको नाममा रहेको ७ हजार ७३२ कित्ता सेयर बिक्री प्रक्रिया अघि बढाएको हो।

कम्पनीका अनुसार उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति वा संघसंस्थाले पनि आवेदन दिन सक्नेछन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ भने इच्छुक लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य प्रस्ताव गर्दै बोलपत्र पेश गर्न सक्नेछन्। आवेदन दिन न्यूनतम १ हजार कित्ता सेयरका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

इच्छुक आवेदकहरूले चैत ११ गतेदेखि चैत १९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। बोलपत्र सानिमा क्यापिटल लिमिटेडको कार्यालय, नक्साल काठमाडौंमा पेश गर्न सकिने कम्पनीले जनाएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here