19 C
Nepal
Thursday, March 19, 2026

युनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

spot_imgspot_imgspot_img

युनाइटेड अजोड इन्स्योरेन्सले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी माछापुच्छ्रे बैंक लिमिटेडको नाममा रहेको २६ हजार ९७४ कित्ता सेयर बिक्री गर्न प्रक्रिया अघि बढाएको हो ।

कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य १७० रुपैयाँ तोेकेको छ । उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

कम्पनीको प्रधान कार्यालय सिटिसि मल सुन्धारा काठमाण्डौमा कति कित्ता सेयर खरिद गर्न चाहाने हो सबै व्यहोरा खुलाई निवेदन दिन सकिनेछ ।

यदि तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानूनबमोजिम उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here