21.7 C
Nepal
Thursday, September 19, 2024

  ५०० र १००० को नोटमा प्रतिबन्ध लगाउनुस् :कांग्रेस सांसद

राष्ट्रिय सभामा जारी प्रिबजेट छलफलमा भाग लिँदै नेपाली कांग्रेसकी सांसद कमला पन्तले सरकारलाई आगामी आर्थिक बर्षको बजेटमा के गर्ने हो किटान गर्न सुझाव दिएकी छन् । उनले यो पनि गर्ने र त्यो पनि गर्ने भन्ने तर, खास रुपमा केही नगर्ने प्रवृत्ति त्याग्न उनले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई सुझाव दिएकी हुन् ।

‘बिरालो बाँधेर सराद्धे गर्ने काम नगरौं । ठ्याक्कै के गर्ने हो भनौं’, उनले बैठकमा भनिन्, ‘किसानले उत्पादन गरेको उपजको बजारको ग्यारेन्टी गरौं । कसरी गर्ने ठ्याक्कै भनौं ।’भन्सारको चुहावट रोक्न के गर्ने हो त्यो स्पष्ट भन्ने, वैदेशिक लगानी बढाउने मात्रै नभनेर लगानीका लागि वातावरण बनाउन ठ्याक्कै के गर्ने हो त्यो भन्नुपर्ने उनको धारणा छ । ‘एकीकृत बसोबासका लागि सुरुवात नै गरौं । यसो हुँदा जंगली जनावरको डर र त्रास कम हुन्छ । शिक्षा र स्वास्थ्यका लागि पनि सहजता प्राप्त हुन्छ ’ उनले थपिन ।

पैसा कि कसैको घरमा बाँधिएर बसेको कि सेयरमा रहेको उल्लेख गर्दै उनले भनेकी छन्, ‘पैसा एउटाको खल्तीबाट अर्कोको खल्तीमा जान नपाएपछि कसरी अर्थतन्त्र चलायमान हुन्छ ?’

बोरामा बाँधेर राखेका पैसालाई प्रतिबन्ध गर्नुपर्ने सांसद पन्तले बताइन् । ‘बोरामा बाँधेका पैसाहरु पाँच सय र हजारका नोटलाई ब्यान्ड गरौं अर्थमन्त्रीज्यू यदि हामीले समस्या बुझेका छौं र हिम्मत छ भने’ सांसद पन्तले भनिन्, ‘यति ग¥यो भने हामी यो पलायन हुँदै गएको अर्थतन्त्रबाट चलायमान बनाउन सक्छौं ।’

‘कहिले श्रीलंका भनेका छौं के भनेर गुनासो गरेका छौं , यसरी निरासाका कुरा नगरन उनले सुझाइन ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here