23.9 C
Nepal
Monday, March 16, 2026

हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा

spot_imgspot_imgspot_img

हिमालयन बैंकको संस्थापक समूहको ८ लाखभन्दा बढी कित्ता सेयर बिक्रीमा

काठमाडौं — हिमालयन बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गतको ८ लाखभन्दा बढी कित्ता सेयर बिक्रीमा राखेको छ।

बैंकले संस्थापक सेयरधनी विश्वेश श्रेष्ठ र यशस्वीका इन्टरनेशनल प्रा.लि.को नाममा रहेको सेयर बिक्री गर्न लागेको हो। यसअन्तर्गत विश्वेश श्रेष्ठको नाममा रहेको ३८ हजार ९८२ कित्ता र यशस्वीका इन्टरनेशनल प्रा.लि.को नाममा रहेको ७ लाख ९९ हजार १६७ कित्ता सेयर बिक्रीमा ल्याइएको बैंकले जनाएको छ।

प्रचलित व्यवस्था अनुसार उक्त सेयर बिक्रीका लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिइनेछ। इच्छुक संस्थापक सेयरधनीहरूले आवश्यक कागजातसहित ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

आवेदन बैंकको हेरिटेज प्लाजा, कमलादी, काठमाडौंस्थित कानून विभागमा पेश गर्न सकिने बैंकले जनाएको छ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट कुनै आवेदन नपरेको अवस्थामा प्रचलित कानुनअनुसार उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here