कालिन्चोक हाइड्रोपावरको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बाँडफाँड
काठमाडौं — कालिन्चोक हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओको बाँडफाँड सम्पन्न गरेको छ।
बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार उक्त आईपीओमा कुल ८३ हजार ६०६ जनाबाट आवेदन परेको थियो। तीमध्ये ७४ हजार ५६८ जनाको आवेदन मात्र सदर भएको जनाएको छ।
बाँडफाँड परिणामअनुसार ८ हजार २५० जना आवेदकले न्यूनतम १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँकी ६६ हजार ३१८ जना आवेदक भने सेयर नपाई खाली हात फर्किएका छन्।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत भाग आईपीओका रूपमा निष्कासन गरेको थियो।




