एसवाई प्यानल लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज गोलप्रथा (लक्की ड्र) विधिमार्फत बाँडफाँड प्रक्रिया सम्पन्न गरेको हो।
कम्पनीले कात्तिक १९ देखि २३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो। उक्त अवधिमा कुल २१ लाख ८९ हजार ७७३ जनाले आवेदन दिएको क्यापिटलले जनाएको छ।
कुल आवेदनमध्ये २० लाख ८७ हजार ३२० आवेदन सदर हुँदा, मागभन्दा धेरै आवेदन परेकाले बाँडफाँड गोलप्रथा विधिबाट गर्नुपरेको हो। बाँडफाँडका परिणामअनुसार ४ लाख ७ हजार ६१५ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँकी बचेका ६ कित्ता सेयर भने भाग्यमानी ६ जनालाई १÷१ कित्ताका दरले वितरण गरिएको छ।
एसवाई प्यानल लिमिटेडले सर्वसाधारणका लागि कुल ४० लाख ७६ हजार १५६ कित्ता सेयर जारी गरेको थियो।




