एशियन होटल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ (साधारण सेयर) निष्कासन गरेको छ। कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा सेयर जारी गरिसकेको थियो।
यसपटक सर्वसाधारणले पनि आफ्ना डिम्याट खाताबाट साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन असोज २९ गतेदेखि खुला भएको हो र छिटोमा असोज २९ गते तथा ढिलोमा कात्तिक ९ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले लिएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई गत भदौ १७ गते रु. ५२ करोड ३२ लाख ५४ हजार ८ सय बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति दिएको थियो।
जसमध्ये २ प्रतिशत अर्थात् २ लाख ६१ हजार ६२७ कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र त्यसमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९७ हजार ९२ कित्ता सेयर विदेशमा रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो।
कम्पनीले पहिलो चरणमा यी समूहका लागि सेयर बिक्री गरिसकेपछि अब सर्वसाधारणका लागि दोस्रो चरणको आईपीओ जारी गरेको हो। लगानीकर्ताले मेरो सेयर मार्फत आफ्नो सीआइडी नम्बर प्रयोग गरी सहज रूपमा आवेदन दिन सक्नेछन्।




