24.7 C
Nepal
Wednesday, October 29, 2025

श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँड

spot_imgspot_imgspot_img

श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो ।

कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार कम्पनीको आईपीओमा कुल १८ लाख ९८ हजार ३३३ आवेदकबाट २ करोड ५ लाख ६८ हजार २१० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।

यसमध्ये १८ लाख ६९ हजार ३३० आवेदन सदर र २६ हजार ६३६ आवेदन बदर भएको छ । यसरी कुल सदर आवेदकबाट २ करोड २ लाख ५० हजार ५१० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।

कुल सदर आवेदकमध्ये २ लाख ५१ हजार ४९ जनालाई १० कित्ताका दरले २५ लाख १० हजार ४९० कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी ३ जनालाई थप एक/एक कित्ताका दरले थप ३ कित्ता बाँडफाँड गरिएको छ ।

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here