24.7 C
Nepal
Wednesday, October 29, 2025

प्रधानमन्त्री सुशीला कार्कीको पहलमा आज त्रिपक्षीय छलफल बालुवाटारमा

spot_imgspot_imgspot_img

काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले आज अपराह्न राजनीतिक दल र जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग त्रिपक्षीय छलफल गर्न लागेकी छन्। प्रधानमन्त्री कार्कीको आह्वानमा हुने उक्त छलफल आज साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको हो।

छलफलको उद्देश्य आगामी फागुन २१ गते तय भएको निर्वाचनलाई शान्तिपूर्ण र सहज वातावरणमा सम्पन्न गर्न आवश्यक तयारी र सहमति जुटाउनु रहेको स्रोतले जनाएको छ।

सरकारका तर्फबाट छलफलमा प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी हुनेछन्।

त्यस्तै, विघटित प्रतिनिधिसभामा रहेका प्रमुख राजनीतिक दलका शीर्ष पदाधिकारी र दोस्रो तहका नेताहरू समेत उपस्थित हुनेछन्। जेनजी पक्षबाट पनि आन्दोलनका प्रमुख प्रतिनिधिहरू छलफलमा सहभागी हुने तय भएको छ।

बालुवाटार स्रोतका अनुसार छलफलमा हालको राजनीतिक संकट समाधान, आगामी निर्वाचनको वातावरण निर्माण, र जेनजी आन्दोलनका माग सम्बोधनका उपायहरूमा केन्द्रित हुनेछ।

☑️ सम्भावित एजेन्डा:

  • निर्वाचनको वातावरण निर्माण
  • आन्दोलनमा सहभागी युवासँग संवादको संरचना
  • राजनीतिक सहमतिको पुनःस्थापना

छलफलको परिणाम आजै सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here