26.2 C
Nepal
Friday, October 17, 2025

युनिलिभर नेपालले ३२औं वार्षिक साधारण सभा कात्तिक २५ गते आयोजना गर्ने, प्रतिकित्ता रु. १,८४२ नगद लाभांश प्रस्ताव

spot_imgspot_imgspot_img

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आफ्नो ३२औं वार्षिक साधारण सभा आगामी कात्तिक २५ गते आयोजना गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभा दिउँसो ४:३० बजे सुरु हुनेगरी कार्यक्रम तय गरेको हो।

सभामा आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। कम्पनीले गत आवको मुनाफाबाट प्रतिकित्ता १,८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस गरेको छ।

यससँगै कम्पनीको संस्थापक सेयरधनीको नाम सिबक्रिम होल्डीङ्स प्रा. लि. बाट आईजे ग्रुप होल्डीङ्स प्रा. लि. मा परिवर्तन भएको व्यहोरा अभिलेख गर्ने र सो बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

सभामा २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र सञ्चालक समिति तथा लेखा परीक्षकको प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ। साथै, चालु आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय पनि सभाबाट गरिनेछ।

त्यस्तै, कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सामाजिक तथा सामुदायिक परियोजनाहरूमा आर्थिक सहयोगका लागि प्रस्ताव समेत अघि सारेको छ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार, कात्तिक १० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्रै सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

युनिलिभर नेपाल देशको प्रमुख उपभोक्ता वस्तु उत्पादन गर्ने कम्पनी हो, जसले विगतका वर्षहरूमा पनि निरन्तर उच्च लाभांश वितरण गर्दै लगानीकर्ताको विश्वास कायम राख्दै आएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here