20.4 C
Nepal
Thursday, October 16, 2025

ग्लोबल आइएमई बैंकले डाक्यो साधारण सभा

spot_imgspot_imgspot_img

ग्लोबल आइएमई बैंक लिमिटेडले वार्षिक साधारण सभाको मिति र स्थान तय गरेको छ । बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले १९ औं साधारण सभा आह्वान गरेको हो ।

उक्त सभा कात्तिक २६ गते काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आव २०८१/८२ को मुनाफा समेतबाट चुक्तापूँजीको ८ प्रतिशत नगद लाभांश(कर समेत) वितरणको प्रस्ताव पारित गरिनेछ ।

यस्तै बैंकको प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने वार्षिक प्रतिवेदन पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण र सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई लघुवित्तको वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

यसैगरी चालु आवको लेखापरीक्षकको प्रतिवेदनसहित लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पारित गरिनेछ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले कात्तिक १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here