20.4 C
Nepal
Thursday, October 16, 2025

कामना सेवा विकास बैंकको नगद लाभांश सेयरधनीको खातामा जम्मा

spot_imgspot_imgspot_img

कामना सेवा विकास बैंकले सेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरेको छ । बैंकले असोज २४ गतेको साधारण सभाबाट पारित गरेको ५.७८९५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा असोज २६ गतेदेखि जम्मा गरेको हो ।

हालसम्म पनि हितग्राही खाता नखोलेको वा हितग्राही खातामा आफ्नो बैंक खाता नम्बर अद्यावधिक नगरेको लाभांश प्राप्त गर्न यथाशीघ्र आफ्नो बैंक खाता तथा प्यान नम्बर अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ ।

सो हितग्राही खातामा बैंक खाता नम्बर निज सेयरधनी स्वयंमकै नामको हुनुपर्ने तथा सो खाता नेपाल क्लियरिङ्ग हाउस लिमिटेड अन्तर्गत आईपीएस सदस्यता प्राप्त बैंक वा वित्तीय संस्थाको हुनुपर्नेछ ।

साथै, बैंक खातामा निजको नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क सेयरधनीहरुले नै व्यहोर्नु पर्ने समेत बैंकले जनाएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here