20.4 C
Nepal
Thursday, October 16, 2025

मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

spot_imgspot_imgspot_img

मुक्तिनाथ विकास बैंकद्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले गत आवका लागि घोषणा गरेको लाभांश वितरण प्रयोजनका लागि असोज ३१ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।

यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । बैंकले गत आवका लागि १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांश(बोनस सेयर तथा नगद लाभाशको करसहित)गरी कुल १८.२० प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंकले लाभांश पारितको मुख्य अजेण्डासहित कात्तिक १५ गते १९ औं साधारण सभा आयोजना गर्दैछ । उक्त सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here