19.3 C
Nepal
Tuesday, October 14, 2025

सुनको मूल्य एकैदिन १४६ डलरले बढ्यो

spot_imgspot_imgspot_img

सुनको मूल्य अल टाइम हाईमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य ३.६५ प्रतिशत अर्थात १४६ डलरले बढेको हो ।  

यससँगै सुनको कारोबार प्रतिऔंस ४ हजार १६४ डलरमा कारोबार भईरहेको छ । सुनको मूल्यले प्रतिऔंस ४१ सय डलरको आँकडा पार गरेको यो पहिलोपटक हो ।  

अमेरिका र चीनबीच बढेको व्यापारिक तनाव र अमेरिकी केन्द्रीय बैंकले थप ब्याजदर कटौती गर्नसक्ने उच्च सम्भावनाका कारण सुनको मूल्यमा उछाल आएको हो ।  

यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ३.०५ डलरले बढेर प्रतिऔंस ५३.१३ डलरमा कारोबार भईरहेको छ ।  

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here