20.4 C
Nepal
Thursday, October 16, 2025

प्रभु महालक्ष्मी लाइफको ४४ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआरएन इन्फ्रास्ट्रक्चर

spot_imgspot_imgspot_img

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो नाममा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि प्रभु महालक्ष्मी लाइफको ४४ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो ।

यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवेदन दिनु पर्नेछ । यस्तो आवेदन काठमाण्डौको कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ ।

उक्त अवधिभित्र कुनै आवेदन नआएमा संस्थापक सेयरधनी बाहेकका सर्वसाधारणलाई सेयर बिक्री गरिनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here