15.6 C
Nepal
Tuesday, October 14, 2025

सुनचाँदीको मूल्य नयाँ रेकर्डमा, दसैँपछि प्रतितोला ७ हजार ४०० ले बढ्यो

spot_imgspot_imgspot_img

काठमाडौं । दसैँका बिदाका कारण केही दिन स्थगित गरिएको सुनचाँदीको मूल्य निर्धारण आइतबारदेखि पुनः सुरु भएको छ। असोज १२ गतेपछि पहिलोपटक दर तोकिँदा सुनको मूल्य एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँले उक्लिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँ कायम गरिएको छ। यसअघि असोज १२ गते सुनको मूल्य २ लाख २३ हजार २०० रुपैयाँ थियो।

चाँदीको मूल्य पनि समानान्तर रूपमा उकालो लागेको छ। त्यसदिन प्रतितोला २ हजार ८१० रुपैयाँमा रहेको चाँदी आइतबार २ हजार ९३० रुपैयाँ पुगेको छ।

महासंघका अनुसार आइतबार तोकिएको सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको वृद्धिको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन्।

सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीका अनुसार पछिल्लो समयमा अमेरिकी डलर कमजोर हुनु, तेल मूल्यमा वृद्धि र विश्व बजारमा बढ्दो अस्थिरताले लगानीकर्तालाई सुनतर्फ आकर्षित गरेको हो। त्यसको असर नेपाली बजारमा पनि देखिएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here