काठमाडौं ।
सिटी होटल लिमिटेडले जारी गरेको हकप्रद सेयरमा आवेदन दिने समय थप गरिएको छ। कम्पनीले भदौ २३ गतेदेखि जारी गरेको हकप्रद सेयरमा सम्पूर्ण बिक्री नभएकाले अन्तिम मिति असोज १२ गतेबाट बढाएर असोज २६ गतेसम्म पुर्याइएको हो।
१ः०.८० अनुपातमा हकप्रद
कम्पनीले हाल कायम १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्तापूँजीको ८० प्रतिशत बराबर अर्थात् १ः०.८० अनुपातमा रु. १०० अंकित दरका १ करोड ६७ लाख ४० हजार कित्ता हकप्रद सेयर जारी गरेको हो। यस प्रयोजनका लागि कम्पनीले गत साउन २७ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। त्यस अनुसार साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनी मात्र हकप्रद आवेदन दिन योग्य हुनेछन्।
कहाँ–कहाँबाट दिन सकिन्छ आवेदन
हकप्रदमा आवेदन दिन लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमार्फत वा प्रभु बैंकका इलाम, जाउलाखेल, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट सीधै आवेदन दिन सक्नेछन्।
यस्तै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत वा ‘मेरो सेयर’ प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
बिक्री प्रबन्धक
सिटी होटल लिमिटेडको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।