काठमाडौं – झापा इनर्जी लिमिटेडको आइपीओ (सर्वसाधारण शेयर) बाँडफाँड सम्पन्न भएको छ। धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा शुक्रबार बिहान लक्की ड्र प्रणालीमार्फत बाँडफाँड गरिएको हो।
आवेदन र माग
कम्पनीले गत भदौ २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। उक्त अवधिमा कुल १८ लाख ६८ हजार १४१ आवेदकबाट २ करोड ३ लाख ५१ हजार ६७० कित्ताका लागि आवेदन परेको थियो।
हिमालयन क्यापिटलका अनुसार, जाँचपछि १८ लाख ३३ हजार ७३८ आवेदन सदर र ३४ हजार ४०३ आवेदन बदर भएका छन्। सदर आवेदनमार्फत १ करोड ९९ लाख ५४ हजार ८३० कित्ता सेयर खरिदका लागि माग भएको देखिन्छ।
बाँडफाँड नतिजा
सदर आवेदकमध्ये ४७ हजार ३३३ जनाले प्रत्येकी १० कित्ताका दरले सेयर पाएका छन्। यसरी ४ लाख ७३ हजार ३३० कित्ता सेयर बाँडफाँड भएको हो। बाँकी ६ जनाले भने थप १/१ कित्ताका दरले अतिरिक्त ६ कित्ता पाएका छन्।
नतिजा हेर्ने व्यवस्था
आइपीओको नतिजा मेरो शेयर पोर्टल तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिने छ।