23.1 C
Nepal
Sunday, September 28, 2025

स्काईपिक एड्भेन्चर्स पार्कले आईपीओ निष्कासन गर्ने

spot_imgspot_imgspot_img

स्काईपिक एड्भेन्चर्स पार्क लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले कात्तिक १ गते आयोजना गर्न लागेको साधारण सभाबाट आईपीओ निष्कासनकोे प्रस्ताव पारित गर्न लागेको हो ।

उक्त सभा काठमाण्डौको कालिमाटीमा रहेको कालिमाटी ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीको जारी पूँजीको २१ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने, आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक तथा प्रत्याभूतिकर्ता नियुक्त गर्ने, सेयर इस्यु रेटिङ गर्ने, कम्पनीको लगानी सम्बन्धी प्रस्ताव पारित गर्ने र जग्गा खरिद गर्ने र खरिद कार्यको अनुमोदन गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

यस्तै सभामा गत आवका वार्षिक प्रतिवेदन तथा गत आवको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here