19.9 C
Nepal
Sunday, September 28, 2025

देशभर रुट परमिट आजदेखि असोज २२ सम्म खुला

spot_imgspot_imgspot_img

चाडपर्वलाई लक्षित गर्दै देशभर रुट परमिट आजदेखि असोज २२ गतेसम्म खुला गरिएको छ। यातायात व्यवस्था विभागले भदौ ३१ गते सरोकारवालासँगको बैठकपछि यस्तो निर्णय गरेको हो। यस अवधिमा सार्वजनिक सवारी साधनहरूले नयाँ रुट परमिट लिन सक्नेछन्।

तर, बाटोको अवस्थाका कारण केही रुटमा चल्न निषेध गरिएका सार्वजनिक सवारी साधनका लागि भने प्रतिबन्ध यथावत् रहनेछ।

यस्तै, बुटवल–नारायणघाट सडक खण्डको दाउन्ने क्षेत्रमा दसैँ अवधिभर ९/१२ चक्के वा सोभन्दा ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाइनेछ। तर खाद्यान्न र अन्य अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी साधनलाई भने अवरोध रहँदैन।

विभागले चाडपर्व अवधिमा यातायात सेवामा सहजता ल्याउन तथा सडक दुर्घटना रोकथामका लागि सवारी साधन मालिक र चालकलाई ट्राफिक नियम कडाइका साथ पालना गर्न आग्रह गरेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here