23.1 C
Nepal
Sunday, September 28, 2025

नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिक्ने

spot_imgspot_imgspot_img

नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आइतबार बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ झिक्ने भएको छ। केन्द्रीय बैंकले “निक्षेप संकलन” नामक अल्पकालीन उपकरणमार्फत सात दिनका लागि सो रकम संकलन गर्न लागेको हो।

राष्ट्र बैंकले पछिल्लो समय नियमित रूपमा आइतबार र बुधबार बजारबाट पैसा तान्दै आएको छ। सोही क्रमअनुसार आज पनि अनलाइन बोलकबोल प्रणालीमार्फत मध्यान्ह ३ बजेदेखि आवेदन लिन सुरु हुनेछ।

इच्छुक क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन्। संकलित निक्षेपको साँवा तथा ब्याज असोज १२ गते भुक्तानी हुनेछ।

यस कदमले बैंकिङ प्रणालीको तरलता सन्तुलनमा राख्न र अल्पकालीन ब्याजदरलाई लक्षित दायराभित्र स्थिर राख्न मद्दत गर्ने राष्ट्र बैंकले जनाएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here