19.9 C
Nepal
Sunday, September 28, 2025

सागर डिष्टिलरीको आईपीओ भर्ने आज अन्तिम दिन

spot_imgspot_imgspot_img

सागर डिष्टिलरी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत भदौ ३० गतेदेखि आम सर्वसाधारणका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता सेयर जारी गरेको छ ।

कम्पनीले सामूहिक लगानी कोषका लागि ७२ हजार ६०० कित्ता र कर्मचारीहरुका लागि ४३ हजार ५६० कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले पहिलो चरणअन्तर्गत गत साउन २८ गतेदेखि भदौ १ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपीओ जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँड भईसकेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here