23.1 C
Nepal
Sunday, September 28, 2025

पूँजीबजार सुधारका लागि अर्थ मन्त्रालयले कार्यदल गठन

spot_imgspot_imgspot_img

पूँजीबजारमा देखा परेका विभिन्न विसंगति र समस्याको अध्ययन गरी लगानीकर्ताको मनोबल बढाउने सुधारका सुझाव दिन अर्थ मन्त्रालयले चार सदस्यीय कार्यदल गठन गरेको छ।

अर्थमन्त्री डा. रामेश्वर खनालको निर्णयअनुसार असोज ३ गते गठन गरिएको कार्यदलको संयोजक धितोपत्र बोर्डका कार्यवाहक कार्यकारी निर्देशक रुपेश केसी रहेका छन्।

कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्जका कार्यवाहक कार्यकारी निर्देशक निरञ्जन फूयाँल सदस्यका रूपमा रहेका छन् भने अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य–सचिवका रूपमा मनोनित भएका छन्।

मन्त्रालयका अनुसार, कार्यदललाई पूँजीबजारमा विकसित विसंगति तथा समस्याको अध्ययन गरी ५ दिनभित्र तत्काल लागू गर्न सकिने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि ठोस सुझाव र कार्यान्वयन कार्ययोजना पेश गर्ने जिम्मेवारी दिइएको छ।

विश्लेषकहरूका अनुसार, यो पहलले लगानीकर्ताको मनोबल पुनःस्थापित गर्ने र बजारमा पारदर्शिता तथा विश्वास कायम गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here