19.9 C
Nepal
Sunday, September 28, 2025

देशभर राष्ट्रिय शोक, सार्वजनिक बिदा

spot_imgspot_imgspot_img

काठमाण्डौ । जेनजी प्रदर्शनमा ज्यान गुमाउनेहरुको सम्मानस्वरूप आज (असोज १ गते) देशभर राष्ट्रिय शोक मनाइँदैछ। सो अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।

मन्त्रिपरिषद्को भदौ ३० गतेको बैठकले असोज १ गतेलाई राष्ट्रिय शोकका रूपमा मनाउने निर्णय गरेको थियो। निर्णयअनुसार आज नेपालभरका सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सार्वजनिक निकाय र अन्य कार्यालयहरू बन्द छन्। विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा पनि आज सार्वजनिक बिदा छ।

सरकारले शोक दिवसको अवसरमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको छ। सोही अनुरूप आज सरकारी निकायहरूमा झण्डा आधा झुकेको छ र देशभर दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली कार्यक्रमहरू आयोजना भइरहेका छन्।

सरकारले जेनजी प्रदर्शनमा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, शान्ति र संयम अपनाउन सबै पक्षलाई आग्रह गरेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here