20.4 C
Nepal
Sunday, September 28, 2025

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सले आईपीओ ल्याउने, साधारण सभा असोज ३ गते

spot_imgspot_imgspot_img

काठमाण्डौ । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासनलगायतका विशेष प्रस्ताव पारित गर्ने उद्देश्यले आगामी असोज ३ गते ८औं वार्षिक साधारण सभा बोलाएको हो।

भदौ ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो। सभा काठमाडौंको होटल एल्लो पगोडामा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभामा सर्वसाधारणका लागि कम्पनीको ३० प्रतिशत सेयर निष्कासन गर्ने, वृद्धि भएको जारी पूँजीअन्तर्गत नयाँ संस्थापक सेयरधनीलाई प्रति कित्ता रु. २० प्रिमियमसहित बिक्री गर्ने, सहायक कम्पनी एग्रो डेभलपमेन्ट फण्डमा गरिएको लगानीलाई अनुमोदन गर्ने प्रस्ताव राखिनेछ।

त्यसैगरी, २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबसहितका वित्तीय विवरण स्वीकृत गर्ने एजेन्डा पनि सभामा प्रस्तुत गरिने कम्पनीले जनाएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here