20.5 C
Nepal
Tuesday, September 16, 2025

बैंकिङ प्रणालीबाट ५० अर्ब झिक्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिक्ने भएको छ । तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले २१ दिन अवधिका लागि निक्षेप संकलन गर्ने जनाएको हो।

राष्ट्र बैंकले पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ। सोही क्रममा आज पनि अनलाइन बिडिङ प्रणालीमार्फत दिउँसो ३ बजेबाट बोलकबोल गर्ने व्यवस्था मिलाइएको छ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा ५ करोडको गुणकमा आवेदन दिन सक्नेछन्। उक्त निक्षेप संकलनको साँवा तथा ब्याज भुक्तानी आगामी भदौ २९ गते हुने भएको छ।

यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here