20.5 C
Nepal
Tuesday, September 16, 2025

नाडा अटो शोमा बैंकहरुको प्रतिस्पर्धी ब्याजदर : कृषि विकास बैंकको सबैभन्दा सस्तो ब्याजदर

नाडा अटो शोमा वाणिज्य बैंकहरूले अटो कर्जाका लागि ब्याजदरमा प्रतिस्पर्धा थालेका छन्। भृकुटीमण्डपमा सुरु भएको ‘नाडा अटो शो–२०२५’ मा ३० भन्दा बढी स्टल राखिएका छन्, जहाँ विविध ब्रान्डका नयाँ मोडलहरू प्रदर्शनमा छन्। यस अवसरमा सात वाणिज्य बैंकले अटो कर्जामा आकर्षक प्रस्ताव सार्वजनिक गरेका छन्। उनीहरूले स्थिर र परिवर्तनीय ब्याजदरमा कर्जा उपलब्ध गराउँदै न्यूनतम ६.२३ प्रतिशतदेखि अधिकतम ८.२५ प्रतिशतसम्म दर तोकेको छन्।

कृषि विकास बैंकले ६.२३ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने घोषणा गरेको छ; यसको बेसरेट ५.८७ प्रतिशतमा ०.३६ प्रतिशत प्रिमियम थपेर दर निर्धारण गरिएको हो। यस बैंकले ०.७५ प्रतिशत प्रोसेसिङ शुल्कमा ३३ प्रतिशत छुट पनि दिएको छ। यो सबैभन्दा सस्तो ब्याजदर मानिएको छ ।

नबिल बैंकले सात वर्ष अवधिका लागि ६.७४ प्रतिशत परिवर्तनीय ब्याजदर र स्थिर ८.२५ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने योजना ल्याएको छ। स्थिर कर्जामा ०.२५ प्रतिशत र परिवर्तनीय कर्जामा ०.५० प्रतिशत सेवा शुल्क लाग्नेछ।

लक्ष्मी सनराइज बैंकले सात वर्ष अवधिको स्थिर ७.९९ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ।

ग्लोबल आइएमई बैंकले दुई योजना ल्याउँदै पाँच वर्ष अवधिको कर्जामा परिवर्तनीय ६.९९ प्रतिशत ब्याजदर र ८.२५ प्रतिशत स्थिर ब्याजदर प्रस्ताव गरेको छ।

हिमालयन बैंकले आठ वर्ष अवधिका लागि ७.५७ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने जनाएको छ।

सानिमा बैंकले पाँच वर्षका लागि ७.९९ प्रतिशत र सात वर्षका लागि ८.१५ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ।

एनएमबि बैंकले विद्युतीय गाडीका लागि ७.१३ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने विशेष योजना ल्याएको छ।

बैंकहरूले निक्षेप दर घटेकाले बेसरेट तल झरेको र यही कारण अटो कर्जामा प्रतिस्पर्धी ब्याजदर प्रस्ताव गर्न सम्भव भएको बताएका छन्। यसले बजारमा अटो कर्जाको मागलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here