20.4 C
Nepal
Sunday, September 28, 2025

आईएमई ग्रुपको भेन्चर हायर पर्चेजले आईपिओ निष्काशन गर्ने

spot_imgspot_imgspot_img

आईएमई ग्रुपद्धारा संचालित भेन्चर हायर पर्चेज लिमिटेडले सर्वसाधारणहरुका लागि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशनको प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको साउन २७ गते बसेको संचालक समिती बैठकले भदौ २७ गते शुक्रबारलाई साधारणसभा डाक्ने निर्णय गरेको थियो । कम्पनीको साधारणसभा कम्पनीको रजिस्टर्ड कार्यालय पानीपोखरी, काठमांडौमा दिनको ३ बजेदेखि सुरु हुनेछ ।

सभाले आईपिओ निष्काशनसहित गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरिएको लाभांश, प्रबन्धपत्र र नियमावली संसोधन, सेयर संरचना परिवर्तन र आईपिओ निष्काशन गर्ने लगाएका प्रस्तावहरु पारित गर्नेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here