काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आफ्नो लाभांश क्षमतामा उल्लेखनीय सुधार गरेको छ। बैंकको लाभांश क्षमता अघिल्लो वर्षको ११.३९ प्रतिशतबाट बढेर १७.६४ प्रतिशत पुगेको छ, जसमा ५४.८७ प्रतिशतको वृद्धि भएको हो।
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा पनि ५४.८२ प्रतिशतले बढ्दै ४ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आवमा ६ अर्ब १९ करोड खुद नाफा आर्जन गरेको बैंकले गत आर्थिक वर्षमा ७ अर्ब १२ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको छ, जसमा १५.०१ प्रतिशतको वृद्धि देखिएको छ।
यस अवधिमा बैंकले १६ अर्ब ३२ करोड रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ, जुन अघिल्लो आवको १६ अर्ब ३१ करोडभन्दा अलिक बढी हो। बैंकको खुद सञ्चालन आम्दानी १५ अर्ब ६७ करोडबाट बढेर १८ अर्ब ६० करोड पुगेको छ भने सञ्चालन मुनाफा ८ अर्ब ६४ करोडबाट वृद्धि भई १० अर्ब ८४ करोड पुगेको छ।
बैंकको रिटेन्ड अर्निङ ५४.८२ प्रतिशतले बढेको छ र हाल रिजर्भमा ३१ अर्ब ९० करोड रुपैयाँ सञ्चित छ। यस अवधिमा बैंकको निक्षेप संकलन १३.५३ प्रतिशतले बढेर ५ खर्ब २४ अर्ब पुगेको छ भने कर्जा प्रवाह १०.४९ प्रतिशतले बढ्दै ४ खर्ब १२ अर्बमा पुगेको छ।
अघिल्लो आवमा ४ अर्ब ६३ करोड रहेको बैंकको इम्पेयरमेन्ट चार्ज घटेर २ अर्ब ३९ करोड रुपैयाँमा झरेको छ। बैंकको खराब कर्जा अनुपात ४.४५ प्रतिशतबाट घटेर ४.२७ प्रतिशतमा सीमित भएको छ भने कस्ट अफ फण्ड पनि ५.८६ प्रतिशतबाट घटेर ४.४१ प्रतिशतमा आएको छ।
प्रतिसेयर आम्दानी अघिल्लो वर्षको २२.९० रुपैयाँबाट बढेर २६.३४ रुपैयाँ पुगेको छ। समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ २३५.५८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ३५९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २०.५५ गुणा र तरलता अनुपात २७.३१ प्रतिशत रहेको छ।