29.3 C
Nepal
Wednesday, July 23, 2025

सानिमा रिलायन्स लाइफको १६.४७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले केही संस्थापक सेयरधनीहरुको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १६ लाख ४७ हजार ५८४ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

संस्थापक सेयरधनीहरुले सेयर बिक्रीमा लागि निवेदन दिएकोमा कम्पनीको सञ्चालक समितिको असार १३ गते बसेको बैठकको निर्णयबमोजिम उक्त सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।  

यसर्थ संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन(भदौ २ गते)भित्र आवेदन दिनुपर्नेछ । यस्तो आवेदन नक्सालमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी पेश गर्नु पर्नेछ । निर्धारित समयभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here